अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार भएका छन्।

८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा यो रोग देखा परेको हो। उनको क्यान्सरमा हार्मोन बढी सेन्सेटिभ भएका कारण उपचार सम्भव भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचार थाहा पाएपछि सामाजिक सञ्जालमा बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। प्रोस्टेट क्यान्सर पुरुषमा छालाको क्यान्सर पछिको सामान्य हो।

अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार प्रत्येक एक सय मध्यका १३ जनालाई जीवनको कुनै मोडमा प्रोस्टेस क्यान्सर हुनसक्छ।

लोकप्रिय