शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का

शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का

 

काठमाडौ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा काममा फर्काउन परमादेश जारी गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले ‘कानुनी व्यवस्था, निजसँग गरिएको कार्यसम्पादन सम्झौता तथा यस अदालतले स्थापित गर्दै आएको न्यायिक सिद्धान्तको प्रतिकूल’ भएको ठहर गर्दै विपक्षीका नाममा परमादेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।
सरकारले हालै शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो ।
सो निर्णयविरुद्ध शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सिलवाललगायतलाई विपक्षी बनाउँदै अदालतमा रिट दर्ता गरेका थिए ।
शाक्यलाई कार्यकारी निर्देशक बनाउन अघिल्लो सरकारले उक्त पदबाट हटाएका कुलमान घिसिङ अन्तरिम सरकारमा ऊर्जामन्त्री बनेपछि शाक्यलाई त्यहाँबाट सरुवा गरिएको थियो ।

लोकप्रिय