नवौं कराते च्याम्पियनसिपमा नेपाल उपविजेता

नवौं कराते च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताएका छन्।

महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।

प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक–एक स्वर्ण तथा टिम कुमुतेमा रजत जितेका थिए । नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।

श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बनेको छ । भारतले २३ स्वर्ण, २४ रजत र १२ कास्य जितेको थियो । तेस्रो स्थानको श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कास्य हात पारेको थियो भने तीन स्वर्ण, सात रजत र १४ कास्य जितेको बंगलादेश चौथो भएको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत, सात कास्यका साथ पाँचौँ र एक रजत, एक कास्यका साथ भुटान छैटौँ भएको हो ।

लोकप्रिय