April 20, 2021, Tuesday
२०७८ बैशाख ७

मन्त्रीपरिषद् पुनर्गठनसँगै ईश्वर पोखरेल रक्षा मन्त्रालयकाे जिम्मेवारीबाट हटाइए

मन्त्रीपरिषद् पुनर्गठनसँगै ईश्वर पोखरेल रक्षा मन्त्रालयकाे जिम्मेवारीबाट हटाइए

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै बिद्यमान दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राखी रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । यसबाट रिक्त रहेको रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैले राख्नु भएको छ ।

यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गर्नुभएको छ । गुरुङ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले आजै अर्थ मन्त्रीमा विष्णु पौडेल ९रुपन्देही०, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ ९काठमाडौं० र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ ९सिराहा०लाई नियुक्त गर्नुभएको छ ।

भर्खरै

लोकप्रिय