आज देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने
काठमाडाैँ- मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जानकारी अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिकृया दिनुहोस्