सूर्यविनायक वडा नंं ५ मा रुबेला खोप लगाउन सम्पूर्ण तयारी पूरा, ३ हजार ८ सय बालबालिका लाभान्वित हुने
भक्तपुर । सरकारले देशभर रूवेला खोप लगाउन जिल्ला, जिल्लामा खोपको ब्यवस्था गर्ने देखि ती ठाँउका सम्बन्धित स्वास्थ्य संस्थाहरूलार्इ सम्पूर्ण तयारी गर्न निर्देशन दिईसकेको छ । खासगरी ९ महिना देखि ५ बर्षसम्मका बालवालिकाहरूलाई नियमित रुपमा लगाउने रूवेला खोप १५ बर्षसम्मका बालिबालिकाहरुलाई समेत लगाईने बताईएको छ ।
जसअन्र्तगत सुर्यबिनायक नगरपालिका १० वटै वडामा रूवेला सम्वन्धी जनचेतना जगाउन र यसका फाईदाहरूका बारेमा अभिभावक देखि शिक्षक, शिक्षिकासम्मलाई जानकारी र लगाउने दिनका बारेमा सम्बन्धीत वडामा रहेका हेल्थपोष्टले छलफल चलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेका छन् ।
वडा नं. ५ मा रहेको कटुन्जे हेल्थपोष्टले पनि वडाभित्रका बिद्यालय, मन्टेश्वरी, खोप केन्द्र र लगाउने दिनको टुगो लगाई रूटिङ समेत बनाएको छ भने अन्य छुटफुट लाई हेल्थपोष्ट मै अन्तिम दिन लगाउने जानकारी कटुन्जे हेल्थपोष्टका प्रमुख कृष्ण प्रसाद अधिकारीले दिए । वडा नंं ५ मा करिव ३८०० वालवालिकाले रूबेला बिरूद्धको खोप लगाउने र खोप दिर्घरोगी बाहेक जो सुकैले लगाउन मिल्ने र सामान्य जरो रूघाखोकी लगाएत अन्यका बिरामीले पनि लगाउदा फरक नपर्ने र यसले रोगसंग लड्ने शक्ति झन बलियो हुने दाबी गरिएको छ ।
छलफलमा स्थानिय निकाएका प्रतिनिधी राजनीतिक दलका प्रतिनिधि, भद्र–भलादमी, स्कुलका शिक्षक शिक्षिका, महिला स्वयंमसेविकाहरू सहभागि थिए ।आईतवार १३ गते देखि २३ गते सम्म खोप संचालन गरिने बताईएको छ ।
प्रतिकृया दिनुहोस्