टीआरसी विधेयक राष्ट्रिय सभाबाट पास

टीआरसी विधेयक राष्ट्रिय सभाबाट पास

काठमाडौं । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मत पारित भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पेश गरेको विधेयक सर्वसम्मत पारित भएको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बताए ।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेश गरेका थिए । उक्त विधयक प्रतिनिधि सभाबाट समेत पारित भइसकेको छ ।

लोकप्रिय