एमालेको पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्दै
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ । आजको बैठकपछिसञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नविकरणको कामलाईप्रभावकारी बनाउनेबारे छलफल गरेको बताए ।
११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ । पार्टी प्रवेश रजिम्मेवारीबिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ ।
हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने, कमिटीहरु विधिसम्मत ढंगलेसञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेकपार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए ।
बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलनआयोजना गर्नेबारे पनि छलफल भएको छ ।
प्रतिकृया दिनुहोस्