ब्राजिलमा ‘एक्स’ माथि प्रतिबन्ध
काठमाडौं । ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’माथि प्रतिबन्ध लगाइएको छ । ट्विटरका रूपमा परिचित एक्समाथि ब्राजिलको सर्वोच्चअदालतले प्रतिबन्धको फैसला गरेको हो ।
एक्सले ब्राजिलका लागि आफ्नो कानूनी प्रतिनिधिको नाम दिन नसकेपछि प्रतिबन्ध लगाइएको हो । न्यायाधीश अलेक्जेण्डर डीमोरेसले एक्समाथि तत्काल र पूर्ण प्रतिबन्धको आदेश दिएका छन् ।
गत अप्रिलमा एक्सले गलत सूचना प्रवाह गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । यो मुद्दामा सुनुवाई गर्दै अदालतले दर्जनौँ एक्सअकाउन्ट बन्द गराउन आदेश दिएको थियो । तर अदालतको उक्त आदेशपछि एक्सका मालिक एलन मस्कले राजनीतिक नियुक्तिखाएका छद्म न्यायाधीशहरुले स्वार्थका आधारमा एक्स अकाउन्ट निलम्बन गर्ने आदेश दिएको आरोप लगाए ।
त्यसपछि अदालतले एक्सलााई कानूनी प्रतिनिधि तोकेर बहस गर्न चुनौती दिएको थियो । तर एक्सले प्रतिनिधि दिएन । पछिल्लोआदेशपछि अबको पाँच दिनपछि ब्राजिलमा कुनै पनि तरिकाबाट एक्स चलाउन नमिल्ने हुनेछ ।
अदालतले ब्राजिलभित्र एप्पलको एप स्टोर तथा गुगल प्लेस्टोरबाट समेत एप्लीकेशन हटाउन सम्बन्धित कम्पनीहरुलाई निर्देशन दिएकोछ । यस्तै कसैले भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरेर चलाएको पाइएमा ५० हजार डलर जरिवाना गर्न आदेश गरेको छ।
प्रतिकृया दिनुहोस्