पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने

पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौँ । पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारा ओलम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार सरकारले पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार स्वरूप दिनुपर्नेछ ।

नियमावली अनुसार स्वणर्पदक विजेतालाई सबैभन्दा धेरै १ करोड ३० लाख रुपैयाँ सरकारले दिनुपर्छ। यसैगरी रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ । पलेशासँगै सरकारबाट प्रशिक्षक र नेपाल तेक्वान्दो संघले पनि पुरस्कार पाउनेछन् ।

प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ५ हजार तथा नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पलेशाले सर्बियाली खेलाडीलाई १५(ले हराउँदै नेपालका लागि पहिलो ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । फ्रान्समा जारी पारा ओलम्पिकमा अन्य खेलाडीहरु पनि सहभागि छन् ।

लोकप्रिय