आईजीपीबारे दिएको अभिव्यक्ति विगतका प्रहरी प्रमुखको सन्दर्भमा बोलेको हुँ – मन्त्री गुरुङ्ग
काठमाडौँ । प्रहरी समायोजनका विषयमा प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुर्थ्योु भन्ने अभिव्यक्ति दिएर विवादमा तानिएका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त अभिव्यक्ती विगतका प्रहरी प्रमुखहरुको सन्दर्भमा बोलेको प्रष्टिकरण दिएका छन् ।
मन्त्री गुरुङले आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको दावी गर्दै मन्त्री गुरुङ्गले सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा पनि राखेका छन् ।
प्रहरी महानिरीक्षकले प्रहरी समायोजन सम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको उल्लेख गर्दै मन्त्री गुरुङले पोखराको एक कार्यक्रममा शनिवार भनेका थिए, ‘अहिले प्रहरीको आईजीपीले के भन्नु भो ? म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ ?। त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि । सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि ?। प्रहरी ऐन ल्याउँदै ल्याउँदिन भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले ?। संघीय प्रहरी ऐन संघीय सापेक्ष कानुन अनुसार ल्याउनुपर्छ ?। हामी त्यो प्रक्रिया अगाडि बढाउँछौँ ।’ उनले बोलेको अभिव्यक्ति विवादमा आएपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बरु थोरै कुरा बोल्न तर विवादित कुरा नबोल्न निर्देशन नै दिएका थिए ।
प्रतिकृया दिनुहोस्