अदालतको फैसला कार्यान्वयन गर्न खोज्दा महानगरलाई दोषी देखाउन खोजियो – मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानुन र अदालतको फैसला कार्यान्वयन गर्न खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको टिप्पणी गरेका छन् । उनले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गरेका छन् ।
‘खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने। सरकार आफ्नै। कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै’, बालेनले लेखेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाईरु गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’
बालेनले काठमाडौं महानगरपालिकालाई गाली गरेर न्याय पाउन नसक्ने पनि उल्लेख गरेका छन् । बरु यस्तो कानुन बनाउने नेतालाई नै प्रश्न गर्न उनले सुझाएका छन् ।
मेयर शाहको स्टाटसः



प्रतिकृया दिनुहोस्