गलकोट दुर्घटनाः मृतकको शव परीक्षणपछि परिवारलाई बुझाइदै

गलकोट दुर्घटनाः मृतकको शव परीक्षणपछि परिवारलाई बुझाइदै

काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ ।

शुक्रबार बिहान गलकोट नगरपालिका(२ को भुङ्खानीमा काठमाडौंदेखि पूर्वी रूकुमतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।

मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैबाट मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

घटनामा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षिय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो । घटनामा गम्भीर घाइते २९ वर्षे चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

लोकप्रिय