दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी

दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी भएको छ । दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनी विरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको छ ।

लोकप्रिय