धौलागिरि आरोहण गर्न गएका ५ जना रुसी नागरिकको मृत्यु

काठमाडौँ । म्याग्दीको धौलागिरि हिमाल आरोहण गर्न गएका ५ जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । आधारशिविरबाट आइतवारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो ।
आइतवार विहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । उनीहरु ७ हजार ७ सय मिटरबाट खसेर ७ हजार १ सय मिटरमा झरेका थिए । आरोहण समूहका भालेरी सामालोलाई हेली एभरेष्टको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झरेका थिए । रुसी पर्वतारोहीको टोली ३ साताअघि धौलागिरीतर्फ गएको थियो ।
प्रतिकृया दिनुहोस्