पार्टी विभाजनपछि आज केपीओली र माधव नेपाल यसरी पहिलोपटक आमने–सामने हुँदै
काठमाडौं,भदौ २३। आन्तरिक कलहका कारण सत्ताच्यूत भएको नेकपा एमाले बैधानिकरुपमै विभाजन भई नेकपा ९एकीकृत समाजवादी० गठन भएपछि आज पहिलोपटक संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे अध्यक्ष माधब नेपालको सभापतित्वमा यो बैठक बस्न लागेको हो ।
बुधबार ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा सरकार सहभागी लगायतको आगामी रणनीति बनाउन बैठक बस्न लागेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।
एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रूपमा संसदमा आफनो उपस्थिति जनाउँदै छ । प्राप्त जानकारी अनुसार सो पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभाको आठजना ३१ जना सांसद छन् ।
वामदेव गौतम पनि एकीकृत समाजवादी प्रवेश गरेमा थप एकजना बढने छ। रमाइलो कुरा के छ भने एमाले विभाजन भएपछि आज संसद् बैठकमा दुबै पार्टीका शिर्ष नेतृत्वमा रहेका केपी ओली र माधवकुमार नेपाल पहिलोपटक आमने–सामने हुँदैछन् ।
संसदमा एकीकृत समाजवादी सत्ता पक्षमा र एमाले प्रतिपक्षी भूमिकामा रहने देखिएको छ । एमाले फुटेपछि अब संसद् बैठकमा दुवै दलका नेताहरू कस्तो भूमिकामा प्रस्तुत हुन्छन् भन्ने आम नागरिकलाई कौतूहलताको बिषय भएको भएको छ ।
प्रतिकृया दिनुहोस्