सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६६ हजार नजिक

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६६ हजार नजिक

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । पछिल्ला केही दिन यता मूल्य बढेर लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

सोमबार प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लोकप्रिय