नागढुङ्गा सडक एक साताका लागि दिनमा आंशिक रूपमा बन्द हुने
- dainiksamaj
- २०८१ कार्तिक २९, बिहीबार
-
230 Shares
काठमाडौँ । नागढुङ्गा सडक आज (बिहीबार) देखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुने जनाएको छ ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्