पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपतिनाथको आर्यघाटमा उनको राजकीयसम्मानसाथ अन्त्येष्टि गरिएको हो ।
पशुपति आर्यघाटमा पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक कांग्रेस नेताहरु, शुभेक्छुक र कार्यकर्ताले श्रद्धाञ्जली व्यक्तगरेका थिए ।
नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट स्व ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाट लगिएको थियो । ज्ञानेश्वरस्थितसानो गौचरणमा पुगेर ढुङ्गानाको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए । माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीति नेता झलनाथ खनाललगायतले श्रद्धाञ्जली व्यक्त गरेकाथिए । त्यसपछि ढुंगानालाई श्रद्धाञ्जली दिन दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक आर्यघाटसम्म पुगेका थिए ।
पूर्वसभामुख ढुंगानाको हिजो ८३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारीकार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।


प्रतिकृया दिनुहोस्