दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिँदै
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइनेभएको छ ।
हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतलेजनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो ।
उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनुपर्ने भएकाले आज मात्रै उपस्थित गराउनलागिएको हो । अस्ति (सोमबार) प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेकोप्रमाण भन्दै नक्कली र किर्ते गरिएका कागज सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमापनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्