बैतडीमा विद्युत् महसुल नतिर्ने ६०० ग्राहकको लाइन काट्ने तयारी
काठमाडौं । बैतडीमा विद्युत् महसुल नतिर्ने करिब ६०० ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रलेविद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौतारकम उठाउन बाँकी छ ।
मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका ५७९ ग्राहकबाट रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत्प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए, जसमध्ये ८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार २३५बक्यौता उठाउन बाँकी छ ।
प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमामहसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्न शुरु गरेको वितरण केन्द्रका प्रमुख पौडेलले बताए ।
प्रतिकृया दिनुहोस्