जनकपुरको अपराजित यात्रा कायमै, लुम्बिनीको लगातार चौथो हार
काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लगातार चौथो जित हात पारेको छ । हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछिलुम्बिनी ८ विकेटमा समेटिदैँ जम्मा १३५ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर रविवेक यादव शून्यमा आउट भए । जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी,किशोर महतो, शेर मल्ल एक एक विकेटलिए ।
टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे । कप्तान अनिल साह ४५, लाहिरू मिलान्था२४, आशिफ शेख १६, हेमन्त धामी नौ हर्ष थाकर र जिम निसम समान एक एक रन, शेर मल्ल शून्य, अभिशेष गौतम तीन, कप्तान पौडेलर साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए । जनकपुर जारी एनपीएलमा अपराजित छ ।
उसले यसअघि विराटनगरकिंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो । लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ । चारमा सबै खेल हारेकोलुम्बिनी अंक तालिकामा पनि पुछारमा छ । लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो ।


प्रतिकृया दिनुहोस्