सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा चितवनले लगायो ब्रेक
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमासुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो ।
चितवनको भने यो तेस्रो जित हो । उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो। सुदूरपश्चिम भने यसअघि लगातारतीन खेलमा विजयी भएको थियो ।
आइतबार चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो । सुदूरपश्चिमकाओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए । ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्नसके ।
कप्तान दीपेन्द्रसिंह ऐरी १ रन, आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै आउट भए। इशान पाण्डेले ३५ रन जोड्न सके। पाण्डेले २८बलमा ४ चौका र १ छक्का प्रहार गरे । नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए ।
बलिङमा चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २–२ विकेट लिए ।


प्रतिकृया दिनुहोस्