जय ट्रफीमा मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दिप एक्लैले लिए ५ विकेट
जनकपुरधाम । जनकपुरधाममा जारी ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको बागमती प्रदेशविरुद्धको खेलमा मधेशप्रदेशले आफ्नो पहिलो पालीमा १०२ रन बनाएर अलआउट भएको छ । मधेश प्रदेशको टोली ३५.३ ओभरमा अलआउट भएको हो ।
दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारितसमयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् ।
बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएका छन् । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुईमेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा ७ रन खर्चिए । नन्दन यादव र प्रतिस जीसीलेएक–एक विकेट लिए ।
जय ट्रफी आइतबारदेखि जनकपुरधाम र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामाचार वटा टोलीको सहभागिता रहेको छ ।
प्रतिकुल मौसमका कारण पहिलो दिनको दुवै खेलमा निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । प्रारम्भिक चरणको खेल दुईदिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुनेछ ।
जय ट्रफीका खेलहरू प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक पाली ६०–६० ओभरको हुनेछ ।ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ साह आफैले २०३७सालमा ’जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
वीरगन्ज र जनकपुरधाममा आइतबारदेखि सुरु भएको जय ट्रफीमा दुवै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा परेका छन् भने खेलरातो बलले खेलाइँदै छ । पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् ।
बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोदभण्डारी हुन् ।


प्रतिकृया दिनुहोस्