कोलकोतामाथि गुजरातको शानदार जित

कोलकोतामाथि गुजरातको शानदार जित

काठमाडौं । गुजरात टाइटन्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा गुजरातले कोलकोतालाई ३९ रनले पराजित गरेको हो । गुजरातले दिएको १९९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन मात्र बनाएपछि गुजरात ३९ रनले विजयी भएको हो ।

कोलकोताका लागि कप्तान आजिख्य रहानेले सर्बाधिक ५० रन बनाए भने अंगकृष रघुबंशीले २७, आन्द्रे रसेलले २१ तथा रिंकु सिंह र सुनिल नारनले १७–१७ रन बनाए ।
त्यसैगरी गुजरातका बलर प्रसिद्ध कृष्ण र रासिद खानले २–२ विकेट लिए भने मोहमद सिराज, इशान्त शर्मा, वाशिंटन सुन्दर र साइ किशोरले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाउदै १९८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ९० रन बनाएका थिए । त्यस्तै साई सुदर्शनले ५२ र जोस बटलरले अविजित ४१ रन बनाएका थिए ।

यो जितपछि गुजरात ८ खेलमा ६ जित र २ हारसहित १२ अंक जोडेर शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै कोलकोताको भने यो यस सिजनमा पाँचौं हार हो । कोलकोताले ८ खेलमा ३ खेल जितेर ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

लोकप्रिय