दिल्लीमाथि कोलकोताको १४ रनको जित

दिल्लीमाथि कोलकोताको १४ रनको जित

काठमाडौं । कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई१४ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । दिल्लीका लागि फाफ डु प्लेसीसले सर्बाधिक ६२ रन बनाए भने अक्सर पटेलले ४३ र विप्राज निगमले ३८ रन बनाए । त्यसैगरी कोलकोताका बलर सुनिल नारनले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै २०४ रन बनाएको थियो । कोलकोताका लागि अंगक्रिश रघुबंशीले सर्बाधिक ४४ रन बनाए भने रिंकु सिंहले ३६, सुनिल नारनले २७, रह्मनुल्लाह गुरबाज र कप्तान आजिख्य रहानेले २६–२६ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले यस खेलमा ह्याट्रिक लिएका थिय भने विप्राज निगम र अक्सर पटेलले २–२ विकेट लिएका थिए ।

यो कोलकोताको यस सिजनमा चौथो जित हो । कोलकोताको १० खेलमा ८ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने यो चौथो हार हो । १० खेलमा ६ जित हासिल गरेको दिल्लीको १२ अंक रहेको छ र चौथो स्थानमा छ ।

लोकप्रिय