आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ काठमाडौंमा हुने

आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ काठमाडौंमा हुने

 

काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ ९समाजवादी० को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी समेत पुरा भइसकेको जनाएको छ ।
महाधिवेशनमा देशभरमा ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ ९समाजवादी० का अध्यक्ष वीर बहादुर बुढाथोकी मगरले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ,पूर्व प्रधानमन्त्री पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताहरुले सम्बोधन गर्र्ने अधिवेशनको दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताए ।
महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनीतक प्रतिवेदन पारित हुने मगरले बताए । उनले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । मुलुकको व्यवस्था विरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ । त्यस्तै अध्यक्ष मगरले संघीय संरचना बमोजिम ऐन, कानून निर्माण गर्ने कार्यमा ढिलाइ नगर्न समेत आग्रह गरे ।
महासंघका महासचिव चन्द्र तामाङले संचालन गरेको कार्यक्रममा महासंघका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

लोकप्रिय