धरान स्मार्ट बसपार्क निर्माणको काम अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । धरानमा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ ।

करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ । धरान उपमहानगरपालिकाका योजना निर्माणका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको बताइएको छ ।

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन् । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङलगायत काम सम्पन्न भइसकेका छन् भने बसपार्क अगाडि केही बाटोको काम भइरहेको छ ।

भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ अटो रहने छ।
भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको छ भने फिनिसिङका केही काम धमाधम भइरहेका छन् ।

लोकप्रिय