वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता दाहाल सम्मानित

वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता दाहाल सम्मानित

काठमाडौं । वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाल सम्मानित भएका छन् ।

सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ पत्रकार दाहाल ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई ५५ हजार रुपैयाँ राशिको सर्वोत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरेका हुन् ।

आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत ११ वर्षअघि उनलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो । समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित भएका छन् । सो पुरस्कारको राशि जनही ३० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

यसैगरी जनही ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत भए ।

लोकप्रिय