सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन

स्याङ्जा । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजना तथा फेदीखोला गाउँपालिका,आँधीखोला गाउँपालिका,पुतलीबजार नगरपालिकाको समन्वय तथा सहयोगमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुका लागि १० दिने आधारभूत तालिम सञ्चालन गरिएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ मा सुरु भएको तालिम जेठ ८ गते सम्म सञ्चालन हुनेछ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका कार्यालय प्रमुख केशव प्रसाद चापागाईंको अध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देऊ कुमारी गुरुङ् लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्तै गाउँपालिका प्रवक्ता एवम वडा नं २ का वडा अध्यक्ष अविलाष गुरुङ्, फेदीखोला गाउँपालिका स्वास्थ्य शाखा तथा आँधीखोला र पुतलीबजार तीन ओटै स्थानिय तहबाट स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । तालिमको परिवार नियोजन अधिकृत मित्र प्रसाद अर्यालले प्रशिक्षण गर्नेछन् ।
प्रतिकृया दिनुहोस्