अदालतमा उपस्थित भए प्रदेश सांसद विष्णु पन्थी
काठमाडौं । मोरङ जिल्ला अदालतले नकेपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई पक्राउ नगर्न प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
लेनदेन बिगो मुद्दामा पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उनले अदालतमा उपस्थित भएर धरौटी रकम दाखिला गरेका छन् । सोही मुद्दामा पक्राउपुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रा।लि।काठमाडौंका सञ्चालक देवराज खनालले पनि धरौटी रकम दाखिला गरेका छन् । खनाललाई पनि पक्राउ गर्न अदालतले भनेको छ ।
अदालतले लेखेको पत्रमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रा.लि. समेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१/०१/३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१/१/३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१।०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्न आदेश दिएको उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस्