‘कविरपथधर्म’ लाई जनगणनामा समावेश गर्न माग

‘कविरपथधर्म’ लाई जनगणनामा समावेश गर्न माग

 

काठमाडौ । कबीर पथ धर्मावलम्बीहरुले कबीर पथधर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् । राजधानीस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकार समक्षमाग गरेका हुन् ।
कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीर पथधर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गरे । आलोकले २० लाख भन्दा बढी संख्यामा अनुयायी रहेको कविर धर्मलाई जनगणना गर्दा समावेश गराइर्नेमा जोड दिएका छन् ।

लोकप्रिय