दुबै सदनको संयुक्त बैठकमा बजेट पेश हुँदै
काठमाडौं । आज दुबै सदनको संयुक्त बैठकमा बजेट पेश हुँदै छ।
संघीय संसद सचिवालयले आज अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको जानकारी दिएको छ । संसद सचिवालयले दुबै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि बिहीबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।


प्रतिकृया दिनुहोस्