रजनीकान्तले एकै फिल्मबाट २८० करोड लिएर बने एसियकै महँगो नायक

काठमाडौं । ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका छन् ।
आगामी अगस्ट १४ मा प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘कुली’का लागि लिएको पारिश्रिमकले उनी एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका हुन् ।
लोकेश कनागराजको निर्देशनमा बन्ने फिल्म ‘कुली’ सन् २०२५ को भारतकै सबैभन्दा महँगो र ठूलो प्रोजेक्ट मध्ये एकका रुपमा चर्चा भइरहको छ ।
विभिन्न भारतीय मिडियाहरुले यो फिल्मको लगानी चार सय करोड भारतीय रुपैयाँ रहेको बताएका छन् ।उनले ‘कुली’का लागि २६० करोडदेखि २८० करोड भारुसम्म पारिश्रमिक बुझेको भारतीय मिडिया टाइम्सअफ इन्डियाले उल्लेख गरेको छ ।
बलिउडका महँगा नायक सलमान खान र शाहरुख खानको भन्दा पनि यो धेरै ठूलो पारिश्रिमक हो । सलमान र शाहरुखले एक सय करोड हराहारी पारिश्रमिक बुझ्ने गरेका छन् । एसियाको महँगो नायकका रुपमा ज्याकी च्यानलाई लिइँदै आएको थियो । रजनीकान्तको यो पारिश्रमिक ज्याकी च्यानको भन्दा बढी हो ।
प्रतिकृया दिनुहोस्