चौलागाईंको चारवर्षे कार्यकाल सम्पन्न
हेटौँडा । बागमती प्रदेश युवा परिषद्को पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले आफ्नो चार वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै ८ जना मन्त्रीसँग काम गर्ने अवसर पाएको बताएका छन् । उनलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा नियुक्त गरिएको थियो ।
आफ्नो कार्यकालमा युवा लक्षित महत्त्वपूर्ण काम र आधारहरू तयार भएको बताएका छन् । वक्तव्यमा युवालाई राज्यको नीति, नियम, आफ्नो अधिकारको बारेमा बुझ्न, बुझाउन प्रेरित गर्ने खालका कार्यहरू गरिएको बताए ।
प्रदेश युवा नीति, नमूना युवा संसद्को अभ्यास, युवा नीतिबारे बहस र पैरवी, युवा महिलाका लागि आत्मरक्षा तालिम, पहिलो वर्ष भर्चुअल प्रदेश युवा सम्मेलनसँगै लगातार तीन पटक प्रदेशका सबै जिल्ला, पालिकाको प्रतिनिधित्व रहने गरी प्रदेश युवा सम्मेलनको आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् ।
प्रदेश युवा सम्मेलनले युवालाई अभिप्रेरित गर्ने, अभिमुखीकरण गर्ने र सक्षम युवाको रूपमा अग्रसर हुन अभिप्रेरित गर्न सफल भएको बताए ।
युवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्न पर्याप्त तालिमका कार्यक्रमहरू सञ्चालन गर्दै आर्थिक वर्ष २०८१÷८२ लाई सीप वर्षकै रूपमा घोषणा गरेर काम गरिएको चौलागाईँले बताए ।
यसैबीच झण्डै १० हजा र युवालाई सीपमूलक तालिमको आयोजना गरिएको र उक्त कार्यक्रमबाट सयौँ युवा स्वरोजगार बन्न सफल भएको उनले बताए।
उनले आफु पूरा अवधि जिम्मेवारी सम्हालेर बाहिरिँदै गर्दा गर्व गर्न सक्ने काम भएको तथा प्रदेश युवा परिषद्लाई हालकै संरचनामा कायम राखेर थप सशक्त बनाउन प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्