ठाडा मगर एआइजीमा बढुवा
काठमाडौँ । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
उहाँलाई यही असार २ गतेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । महानिरीक्षक अर्यालले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई पूर्ण व्यावसायिकता साथ निर्वाह गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्