विषादिरहित तरकारी उत्पादन गर्दै पाँचखाल
पाँचखाल । काठमाडौं उपत्यका लगायत अन्य शहरी क्षेत्रमा दैनिक अत्यावश्यक हरियो तरकारी तथा फलफूलको किनबेच भइरहेको पाइन्छ । पछिल्लो समय तरकारीको अभावलाई मध्यनजर गर्दैविभिन्न ठाउँका किसानहरुको मेहनतले फलाएका तरकारीहरुमा प्रयाप्त मात्रामा विषादी मिसाईएको पाइएको छ ।
तरकारी उत्पादनको मुख्य केन्द्र रहेको काभ्रेपलाञ्चोक काभ्रे पाँचखाल नगरपालिकाले भने जैविक विषादि प्रयोग गरी विषादीरहित तरकारी उत्पादन तथा संकलन गरेर बजार केन्द्र स्थापना गरेको छ ।
तरकारी व्यवस्थापनका लागि लवग्रीन नेपालको तर्फबाट रु २५ लाख र पाँचखाल नगरपालिकाको तर्फबाट रु ९ लाख गरी ३४ लाख रुपैया संकलन भएको छ ।
तरकारी तथा खाद्यान्न भण्डारले परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ ।
जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारीको तथा कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य रहेको छ । अग्रानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीलाई अब हाटबजारमार्फत सञ्चालन गरीने भएको छ ।


प्रतिकृया दिनुहोस्