खोलामा हाम फालेका युवकको उद्धार

खोलामा हाम फालेका युवकको उद्धार

काठमाडौं । नुुवाकोट घर भएका १८ वर्षीया आयुष बडाल नाम गरेका युुवकले ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हाम फालेका थिए । उक्त युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

युवकलाई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत छन् । उनको अवस्था सामान्य रहेको छ ।

नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रपक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।

लोकप्रिय