टिप्परको ठक्करबाट युवकको मृत्यु

टिप्परको ठक्करबाट युवकको मृत्यु

सर्लाहीको लालबन्दी–जब्दी सडकखण्ड लालबन्दी नगरपालिका वडा नम्बर ५ मेजरगन्जको चक्रेश्वर महादेव मन्दिर नजिकै ना २ ख ५०१ नम्बरको टिप्परको
ठक्करबाट कबिलासी नगरपालिका वडा नम्बर ८ अगर्वाका १७ वर्षीय सचिनको साहको ज्यान गएको छ। तीव्र गतिमा हुइँकिदै आएको टिप्परले साइकलमा सवार साहलाई ठक्कर दिएको थियो ।

उक्त स्थानमा आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका थिए । सचिन जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ भने टिप्पर चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयले आगजनी गरेर क्षति पुगेको टिप्पर सोही दिननै मध्य राति इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको छ। दुर्घटनापछि स्थानीयले गरेको आगजनीका कारण केही घण्टा तनावग्रस्त बने पनि मेजरगन्ज क्षेत्रको अवस्था हाल सामान्य रहेको छ ।

लोकप्रिय