मन्त्री खड्का स्वदेश फिर्ता

मन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौं । चीनमा भएको शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता भएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपाल फर्किएका छन् ।

भ्रमणका क्रममा दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधिहरू र समक्ष आएका समस्याहरूका बारेमा विस्तृत जानकारी लिएका थिए।

मन्त्री खड्काले राजदूतावासका तर्फबाट प्रस्तुत गरिएका समस्याहरूमा कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषयमा गम्भीर छलफलमा तिनीहरूको समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिएका छन् ।

उक्त अवसरमा मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टममा सहभागिता जनाएर स्टल अवलोकन गर्दै व्यवसायीहरूसँग अन्तर्क्रिया गर्दै नेपाली पर्यटन र व्यवसाय प्रवर्धनका लागि विभिन्न पहलहरू गर्नुपर्ने महत्वलाई जोड दिएका छन् ।

लोकप्रिय