ग्याँस सम्बन्धी जनहितमा जारी संदेश

ग्याँस सम्बन्धी जनहितमा जारी संदेश

सानो सावधानी — ठूलो सुरक्षा, ग्यास रेगुलेटर बन्द गर्नु भनेको जीवनको मूल्य बुझ्नु हो । हामी धेरै कुरा भुल्न सक्छौँ,
तर एउटा गल्ती — जसले सम्पूर्ण जीवनलाई खरानीमा परिणत गर्न सक्छ — त्यो हो, ग्यासको रेगुलेटर नबन्द गर्नु ।

घरको चुलो, केवल आगो बाल्ने ठाउँ होइन, त्यो त परिवारका सपना पकाउने थलो हो। त्यसैले त्यो चुलोको सुरक्षा — हाम्रो जीवनको सुरक्षा हो।
धेरैजसो आगलागीका घटना केवल एक मिनटको लापरबाहीले हुन्छ, र त्यसको पछुतो — आजीवन हुने गर्छ।

ग्यास प्रयोग गरेपछि रेगुलेटर बन्द गर्नु, त्यो केवल टेक्निकल कुरा होइन, त्यो त हाम्रा बच्चाहरूको भविष्य जोगाउने आत्मानुभूति हो।

ग्यास रेगुलेटर बन्द गर्नुको फाइदाहरूः
ग्यास चुहावटबाट बचाउछ, जसले घरमा आगलागीको जोखिम घटाउँछ।

कार्बन मोनोक्साइड जस्तो विषालु ग्यास निस्कनबाट रोकथाम हुन्छ, जसले निद्रामा समेत मान्छे मार्न सक्छ।

ग्यास खपत कम हुन्छ, जसले आर्थिक रूपमा पनि सहयोग पुग्छ।

बच्चाहरू, वृद्ध, असक्त व्यक्तिहरू सुरक्षित रहन्छन्, जो कहिलेकाहीँ ध्यान नदिँदा ठूलो दुर्घटनामा पर्न सक्छन्।

रातभरि मनमा शान्ति रहन्छ, किनभने तपाईंलाई थाहा हुन्छ — तपाईंले सुरक्षा अपनाउनुभयो।

आज बिहान उठ्दा तपाईंको हातमा सबै ठीक थियो, तर भोली बिहान पनि त्यो हात सलामत रहोस् भन्ने चाहना छ भने —
ग्यासको रेगुलेटर बन्द गर्न कहिल्यै नबिर्सनुहोस्।

शायद तपाईंलाई लाग्ला

ए, के हुन्छ रः सानो कुरा हो .

तर यस्तै सानो कुराले धेरै घर ध्वस्त भएका छन्।

हामी जीवनका ठूलठूला सपना सजाउँछौं, तर त्यो सपनाको सुरक्षा यस्तो सानो सावधानीबाट सुरु हुन्छ।

आउनुहोस् । आजैबाट एक संकल्प गरौँ

ग्यास प्रयोग गरेपछि रेगुलेटर बन्द गर्ने बानी बसालौँ।

यो केवल बानी होइन, यो हाम्रो जीवन र सारा परिवारप्रतिको माया हो।

लोकप्रिय