नाला भक्तपुर सडक ह्युमपाइप राखेर खुलाइयो
काठमाडौं । नाला भक्तपुर सडकखण्ड जोड्ने पुल भाँचिएपछि सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो । उक्त स्थानमा हाल ह्युमपाइप राखेर यातायात सञ्चालनमा गरीएको छ।
काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो।
पुुल भाँचिएको ठाउँमा गए राति छ वटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय बनेपाले बताएको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो।
नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा सञ्चालन हुँदै आएको थियो। उक्त पुल २०३७ सालमा निर्माण भएको थियो छ।
स्थानीयका अनुसार मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका छन् ।


प्रतिकृया दिनुहोस्