समस्या भएको क्षेत्रलाई उकास्ने मौद्रिक नीतिः गभर्नर पौडेल

समस्या भएको क्षेत्रलाई उकास्ने मौद्रिक नीतिः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार काठमाडौँमा आयोजित मौद्रिक नीति पूर्व सन्ध्या अन्तरक्रिया कार्यक्रममा समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताउनुभएको छ ।

गभर्नर डा. निष्क्रिय कर्जा एनपिएले बढी भएको क्षेत्र कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताउदै,आगामी मौद्रिक नीति वित्त नीतिले निर्देशित गरेका कार्यक्रमहरूलाई सम्बोधन तथा समावेश गरिने बताउनुभयो ।

गभर्नर पौडेलले ‘कृषि र उद्योग क्षेत्रमा एनपिएल बढी छ, जुन क्षेत्रमा कर्जा बढी जाओस् भन्ने चाहेका थियौँ, तर त्यही क्षेत्रमा बढी एनपिएल देखियो । बढी एनपिएल हुँदैमा ती क्षेत्रलाई छोड्न मिल्दैन, साना व्यवसायी एमएसएमई बढाएर जानुपर्नेछ, लडाइमा सबैलाई दुःख हुन्छ, हाम्रो नीति त्यहीअनुसारको ल्याउने गरी छलफलमा छ ।’ यसैगरी गभर्नर पौडेलले सबैलाई समेट्ने गरी मौद्रिक नीति ल्याइने बताउनु भयो ।

लोकप्रिय