कृषकले उत्पादन गरेको बस्तुको विक्रिको जिम्मा सरकारले लिनुपर्दछ : पूर्वमन्त्री गुरुङ
काठमाडौ । कृषकले उत्पादन गरेको बस्तुको बिक्रिको जिम्मा सरकारले लिनुपर्ने नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बताउनु भएको छ ।
किर्तीपुरमा रहेको त्रि.वि. परिसरको स्मृति भवनमा सुरु भएको नेपाल किसान महासंघको चौथौ केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले देशमा संघीयताको सहि कार्यन्वयन हुन नसकेको समेत बताउनुभयो । ‘कृषकको समस्या समाधानको लागि तीन तहको सरकार लाग्नुपर्छ, प्रशासनिक कामको लागि मात्रै होइन’ उहाँको भनाइ थियो ।
महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कहिले उखु किसान सडकमा आएको छ, कहिले दुध किसान सडकमा आएको छ, भोलि केरा किसान सडकमा आउलान् । तीन तहको सरकारले किसान यसरी सडकमा आउने प्रवृत्तिको अन्त्यको लागि काम गर्नुपर्छ । यहीँ अन्त्य होस् भनेर देशमा तीन तहको सरकार सहितको संघीयता निर्माण गरिएको हो ।
अमेरिकाको उदाहरण दिदै उहाँले जनसंख्याको तीन प्रतिशत मात्रै कृषि गर्ने देशले आफ्नो देशका लागि पुर्याएर निर्यात समेत गरेको भन्दै आज देशमा कति प्रतिशतले कृषि अंगाल्छ्न भन्ने बहस नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘कुल जनसंख्याको तीन प्रतिशत मात्रै कृषि गर्ने अमेरिकाले आफ्नो देशलाई पुर्याएर पनि निर्यात गरेको छ । हामी भने कृषि गर्नेको प्रतिशत घट्यो भनेर बसेका छौं । कति प्रतिशतले कृषि गर्छन् भन्दा पनि कृषि गर्नेको अवस्था कस्तो छ, उत्पादकत्व कति भन्ने आजको मुख्य बहस हो ।


प्रतिकृया दिनुहोस्