पाँचतारे होटलमा नेपाल आएका विदेशी पर्यटक मृत अबस्थामा फेला

काठमाडौं,असोज १४ । कोरोनाको कहरले थलिएर भर्खर खुल्न थालेको पर्यटन क्षेत्रलाई झस्काउने गरी राजधानी काठमाडौंको एउटा नाम चलेको पाँचतारे होटलमा आएका विदेशी पर्यटक मृत अवस्थामा भेटिएको छ । काठमाडौँमा सम्भ्रान्त पर्यटन व्यवशायको दृष्टिले मुख्य के्रन्द्र मानिएको दरबार मार्गमा संचालनमा रहेको याक एण्ड यति होटेलमा बसिरहेका एक कतारी नागरिक मृत अवस्थामा फेला परेका छन् ।पाँचतारे होटलमा आएका विदेशी पर्यटक मृत
बुधवार होटेलको विशेष सुविधा सम्पन्न कोठामा खाडिमुलुक कतारका नागरिकको शव फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । खबर प्राप्त हुनासाथ दरबारमार्ग वृत्तको प्रहरी टोली घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान शुरु गरिसकेको परिसरले जनाएको छ ।
होटलका कर्मचारीले दरवारमार्ग स्थित प्रहरी केन्द्रमा खबर गरेपछि तत्कालै प्रहरी अनुसन्धान टोली होटलमा पुगेको हो।यस बारे थप विवरण आउन बाँकी रहेको प्रहरी श्रोतको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्