पत्नी शोकमा नेता जोशी
काठमाडौ । नेपाली काग्रेसका नेता तथा ज्युँदा शहिद, प्रजातन्त्र सेनानी गोविन्दकृष्ण जोशीको पत्नी ९३ बर्षीय कृष्णप्रभा जोशीको निधन भएको छ ।
यससँगै अथक क्रान्तिकारी नेता गोबिन्द कृष्ण जोशी जीवनको उत्तरार्धमा अर्थात ९३ बर्षको उमेरमा एक्लो हुनुभएको छ ।
जोशी ०७ सालको प्रजातान्त्रीक आन्दोलनमा २००४ सालबाटै नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिमा सक्रिय हुनुभएको थियो ।
साथै जोशी २०१७ सालमा तात्कालिन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको बिरुद्वमा नेपाली काँग्रेसले गरेको सशस्त्र आन्दोलनमा पटक– पटक गरि झण्डै आठ बर्ष जेल बस्नु भएका जोशी प्रजातन्त्र पुनर्बहाली पछि र कांग्रेस सत्तामा हुँदा कुनै पनि पदका लागि आकाँक्षा बन्नुभएन ।
उनै बृद्व शरिर, कानको श्रवण शक्तिमा कमी भएर पनि लक्का जवानहरु झै जोशीला जोशीलाई संधै साथ दिएर, प्रजातन्त्रको युद्व मोर्चामा जोशी लड्दा घर सम्हालेर पारिवारिक झै झमेलाबाट टाढै पार्ने श्रीमतीको बियोगले एक्लो हुनुभएका जोशीलाई भक्तपुरबाट मात्र हैन नेपाली कांग्रेसका कनिष्ठ देखि बरिष्ठ नेताहरु समेत भक्तपुरको प्रसिद्व न्यातापोल ( पाँचतले मन्दीर) नजिकरहेको उहाँको तौमढीको जंगमठसंगैको निजी निवासमा समबेदना ब्यक्त गर्न पुगेका छन् ।
स्वर्गीय कृष्ण प्रभाका चार छोरा र दुई छोरीहरु भएकामा जेठा छोरा सुरेन्द्र जोशीको २०५८ को अल्पायुमा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्