बडा दशैंको टीका थाप्न आएका कार्यकर्ताले दाम राखेर प्रधानमन्त्री देउवाको खुट्टा ढोगेपछि

बडा दशैंको टीका थाप्न आएका कार्यकर्ताले दाम राखेर प्रधानमन्त्री देउवाको खुट्टा ढोगेपछि

काठमाडौं, असोज ३१ । संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बडा दशैंको टीका लगाउने क्रममा एक जना कार्यकर्ताले आफ्नाे खुट्टा ढोग्न लगाउनु भएको छ । दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोग्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई दाम राखेर खुट्टा ढोगेको यो दृष्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । फेसबुक, टीकटकदेखि ट्वीटरसम्ममा प्रधानमन्त्रीको यो भिडियोको चर्चा भएको हो । सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना गरिएको छ ।

सामाजिक सञ्जालमा यो भिडियो शेयर गर्दै यसरी खुट्टामा दाम राखेर ढोगेको दृश्यले राजा र रैती भन्ने पुरानै संस्कार÷प्रवृत्ति दोहोरिएन ? राजाकै शैलीमा उच्च ओहदाका ब्यक्तिले दशैमा टीका लगाइदिने क्रम रोकिएको छैन । पुराना शासक हटाए पनि आफैं शासक बन्ने निम्नस्तरको प्रवृत्ति कहिले अन्त्य होला ? यसका लागि जनतापनि सुध्रिनु आवश्यक छ । नेता र जनता दुबै कहिले सुध्रिने ? भन्ने प्रश्न गरिएको छ ।

 

लोकप्रिय