अन्नदाताहरु उपेक्षित नहोस्

केही समय अघि बेमौसमी बर्षातको मारमा नेपालका कृषकवर्ग परेका छन् । पाकेको धानबालीमा आएको बेमौसमी बर्षातको कारण धानबालीमा असामान्य क्षती मात्र पु¥याएन, डेढ सय भन्दा बढी नागरिकको ज्यान गयो, कैयौं लापात्ता भए, हजारौं हेक्टरमा लगाएको धानबाली बाढीले बगायो । धानबाली मात्र होईन नागरिक र घर समेत बगायो ।
अहिलेसम्म क्षतिको एकिन विवरण प्राप्त नभए पनि प्रारम्भिक विवरण अनुसार आठ हजार हेक्टरको धानबाली बर्षातले नष्ट गरेको छ । आठ अरब छब्बिस करोड बराबरको धान नष्ट भएको विवरण सरकारले प्रस्तुत गरेको भएपनि यो भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
यस बर्षको मनसुनी बर्षात सकिएको भनि बिज्ञहरुले बताएका थिए । किसानका खेतमा लह लह धान बाला झुलेका थिए । दशैं को चहाड सकेर धान भित्र्याउने ध्याउन्नमा कृषक थिए, तर बिपत्तीले दशैं मानेन, एकाएक बे मौसि बर्षा भयो । लगातार झरी पर्नगयो । भारी बर्षाले किसानका पाकेको धान, झोपडी र गाउँ बगायो धन र जन दुबैको असामान्य क्षती भयो ।
प्रकृतिक बिपत्ती हुनु , मानबीय कम्जोरीकाकारण नहुनसक्छ । न त प्राकृतिक बिपत्ती रोक्न नै सकिन्छ । भनिन्छ मानिसले सबै बस्तु माथि बिजय पाए पनि प्रकृती र प्राकृतिक बिपद माथि बिजय पाउन सकेको छैन । बिजय प्राप्त गर्न नसके पनि प्राकृतिक प्रकोपबाट हुने क्षतीमा न्युनिकरण गर्न मानिसले सक्छ ।
दशैं को चहाड सकेर धान भित्र्याउने ध्याउन्नमा कृषक थिए, तर बिपत्तीले दशैं मानेन, एकाएक बे मौसि बर्षा भयो । लगातार झरी पर्नगयो । भारी बर्षाले किसानका पाकेको धान, झोपडी र गाउँ बगायो धन र जन दुबैको असामान्य क्षती भयो ।
आधुनिक बैज्ञानिक युग र साधन सम्पन्न भएर पनि बर्षातको पूर्व जानकारी दिने निकाएको कमजोरीका कारण यसपाला धेरै धन जनको क्षती ब्यहोर्नु परेको सत्य हो ।
खेती बारी गरेर जिवन यापन गर्ने ति सयौं किसान बाढीले बगाएकोछ । बस्ति बगाएका कारण किसानका गतिलो बास समेत छैन । छ महिना मेहनत गरि, श्रम गरी लगाएको बाली , लह लह भए पछि बगाएको छ । न त बिचरा मेहनतकश ति श्रम जिबीको घरमा नखानलाई अन्न छ न बस्नलाई बास छ ।
किसानको मेहनतले आफु मात्र पालिएका थिएनन् । उनिहरुले उब्जाएको अन्नले नै हामी आम नागरिकहरु बाँचेका हौं । त्यसैले ति किसानहरु हाम्रा अन्नदाताहुन,अहिले ति हाम्रा अन्नदाताहरुको परिवार समेत प्रकृतिको कोपभाजनमा परेर अन्न न पानी, गाँस न बास भएको छ ।
तिनीहरुलाई अहिले सम्म सरकारले न त गाँस न त बास कै उचित प्रबन्ध गरेको छ । करोडौं नेपालीका अन्नदाता स्वयं बेसहारा, बेघरबार भएकाछन् । ती किसानहरुको उचित संरक्षणमा सरकार आफ्नो दायित्वबाट चुकेकोछ । हामी नागरिक समाज पनि ति अन्न दाताहरुलाई यो पिडाबाट तार्न आफ्नो क्षत्रबाट सक्दो प्रयास गरिरहेका देखिदैनौं ।
सरकारले अब ति पिडितहरुलाई तुरुन्त राहतका कार्यक्रम घोषणा गर्नु पर्छ । साथै अल्पकालिन र दीर्घकालिन कार्यक्रम घोषणा गर्नु पर्छ । बिस्थापितहरुलाई पुनर्वास र खानलाई पर्याप्त अन्नपात, ओषति मुलो र आगामी मौसममा खेती गर्न मल बिउ र पर्याप्त प्राबिधिक ज्ञानको प्रबन्ध पनि सरकारले गर्नु पर्छ । साथै बाढी पिडीत क्षत्रमा मालपोत मिन्हा र पिडितहरुलाई आवास निर्माण सरकारले गर्नु पर्छ ।
पिडितहरुका बाल बच्चालाई उचित शिक्षा दिच्क्षाको ब्यबस्था गर्दै , पिडितहरुलाई कृषिकर्म गर्न प्रेरित गर्ने, कृषि कर्म संमानित ब्यबसाय हो भन्ने बिश्वास दिलाउन आबश्यकछ । साथै खोलावाडी आउने संभावित क्षत्रहरुको पहिचान गरि पर्याप्त सुरक्षाको ब्यबस्था शीघ्र गर्न समेत चुक्नु हुँदैन ।
किसान भनेका नागरिकका अन्नदाता हुन यिनलाई गारो सारो परेको बखत राज्यले र आम नागरिकले हर तरहले सहयोग र सम्मान गरेर कृषि कर्म उपेक्षित र अबहेलित होईन सम्मानित नागरिक हुन भन्ने राज्यले प्रमाणित गर्ने बेला भएको छ ।
प्रतिकृया दिनुहोस्