पर्यटनमन्त्री आलेसामू चुनौतीका चाङ
काठमाडौ-नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमाझ चुनौतीको चाङ देखिएका छन् ।
केही दिन यता कोभिड संक्रमणमा कमी आईरहेको बेला पर्यटन क्षेत्रलाई पुर्नजीवन दिनुपर्ने वातावरण बनेको छ ।
यो महत्वपूर्ण जिम्मेवारीका साथसाथै मन्त्री आले सामू भताभुङ्ग भएको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिनुपर्ने चुनौती खडा भएको छ ।
पछिल्लो समय कोभिड–१९ का कारण पर्यटन क्षेत्र संकटपूर्ण अवस्थामा पुगेको छ । प्राकृत्तिक सम्पदाले भरिपूर्ण मुलुक भएकै कारण नेपाल पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको मुलुक हो ।
तर,अघिल्ला सरकारहरुले पर्यटन क्षेत्रको प्रवद्र्धनमा वेवास्ता गर्दा जति मात्रामा विकास हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
मुलुकको समृद्धिका लागि पनि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बाध्यता मन्त्री आलेसामू रहेको छ ।
विगतका सरकारहरुले पनि पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण नाराहरु अघि सारेका भएपनि व्यवहारले सार्थकता पाउन सकेको छैन ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को घोषणा गरेर एकै वर्षमा २० लाख पर्यटक भित्र्याउने अभियान अघि बढाएका थिए ।
तर त्यसबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सो अभियानले सार्थकता पाउन सकेन ।
अहिले भने कोरोना भाइरसको जोखिम घट्दो अवस्थामा छ भने मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा अग्रगामी छलाङ्ग मार्नुपर्ने वातावरण सिर्जना भएको छ ।
यद्यपि यतिबेला पर्यटन क्षेत्रको प्रवद्र्धन लागि मन्त्रालय अन्र्तगतका सबै क्षेत्रहरु अस्तव्यस्त बन्न पुगेका छन् ।
कोभिडका कारण आम पर्यटन व्यवसायिहरु कठिन अवस्थामा रहेका छन् । उनीहरु अझैसम्म व्यावसायमा फर्किन सकेका छैनन् ।
मन्त्रालय अन्तर्गत निकायहरु नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड, पर्यटन विभाग, नाथम, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतका सरकारी निकायहरु भ्रष्टाचारको अखडा बनेका छन् ।
नेपाल उड्डयन क्षेत्र कालोसूचीमा रहेको छ । यस्तो अवस्थामा मन्त्री आलेले कस्तो भूमिका निभाउँछ त्यसले महत्वपूर्ण अर्थ राख्दछ ।
चुस्त व्यवस्थापन, भ्रष्टाचार र दक्ष जनशक्तिको अभावका कारण पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको भएपनि आशा गरेअनुसारको विकास हुन नसकेको पर्यटन क्षेत्रका विज्ञहरुको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको तर्फबाट मन्त्रिमण्डलमा सहभागि भएका मन्त्रीहरुलाई मुलुक र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
अध्यक्षको निर्देशनलाई शिरोधार्य गर्दै आफूँ अगाडि बढ्ने मन्त्री आलेले सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।
यद्यपि आलेसामू चुनौती नै चुनौतीको चाङ रहेको छ । आशा गरौं उहाँले सफल भूमिका निर्वाह गर्नुहुनेछ भनेर ।
नाथम पर्यटन विश्वविद्यालय बन्ने सम्भावना कति ?
पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।
सो प्रतिष्ठानको दायरा थप गरि शक्तिशाली बनाउनका लागि यसभन्दा अगाडिका सरकारहरु र प्रतिष्ठानकै व्यवस्थापनले कडा मेहनत गरे ।
तर कम समयमै पटक पटक सरकारको नेतृत्वमा परिवर्तन हुँदा नाथमको दायरा विस्तारमा बाधा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ मा नाथमलाई पर्यटन विश्वविद्यालयको रुपमा विकसित गर्ने भन्दै बजेटमै समावेश गरेको थियो ।
यसका लागि फास्ट ट्रयाकबाट प्रक्रिया समेत अगाडि बढेको भएपनि यतिबेला सो प्रक्रिया ओझेलमा परेको छ ।
अर्थात नाथम, नेपाल पर्यटन एकेडेमी र तारा गाउँविकास समितिलाई मर्ज गरेर शक्तिशाली संस्था बनाउने अभियानमा ठेस लागेको छ ।
यसबीच नाथमलाई विश्वविद्यालय बनाउने अभियानमा मन्त्री आले कति सक्रिय हुन्छन् त्यो हेर्न भने केही समय पर्खिनुपर्ला ।
नाथमलाई विश्वविद्यालय बनाउने सपना पूर्व पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारीले देखेका थिए ।
विश्वविद्यालय बन्न सकेमा के फाइदा ?
नाथमलाई विश्वविद्यालय बनाउन सके सरकारले बर्षेनी करोडौं रुपैँया आर्जन गर्न सकिने नाथमका एक अधिकारी बताउँछन् ।
हाल नेपालमा २० वटा भन्दा बढी पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी कलेजहरु सञ्चालनमा रहेका छन् ।
हाल ती कलेजहरुले सञ्चालन अनुमति विदेशी विश्वविद्यालयहरुबाट लिईरहेकाले नेपालको पैसा बाहिरिरहेको ती अधिकारीको भनाई छ ।
हाल नेपालमा सञ्चालित सिल्भर माउन्टेनले स्वीजरल्याण्डबाट अनुमति लिएका छन् भने अन्य कलेजहरुले पनि मुलुक बाहिरैबाट अनुमति लिएका छन् ।
यसबाट बर्षेनी करोडौं रुपैँया बाहिरिरहेको छ । नाथम र नेपाल पर्यटन एकेडेमीले भने त्रिभुवन विश्वविद्यालय ९त्ग्० बाटै अनुमति लिएका छन् ।
नाथमले वार्षिक ३० लाख भन्दा बढी शुल्क (TU) लाई तिर्नुपर्दछ ।
कार्यकारी निर्देशक थापाको भूमिका कमजोर
पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्ने सरकारी स्वामित्वको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान पछिल्लो समय झन् गतिहीन बन्न पुगेको छ ।
तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको आर्शिवाद पाएर कार्यकारी निर्देशक बन्न पुगेका दिपक थापाको असक्षमताका कारण नाथम गतिहीन बन्न पुगेको हो ।
नाथममा पर्यटन मन्त्रालय अन्र्तगतका वरिष्ठ उपसचिवको दरबन्दी रहेकोमा मन्त्रीको आर्शिवाद पाएकै कारण थापा सबैभन्दा कनिष्ठ उपसचिव भएर पनि नाथमको जिम्मेवारी पाएका थिए ।
फलस्वरुपः नाथम गतिहीन बन्न पुगेको छ ।
अघिल्लो वर्षहरुमा नाथमले आन्तरिक स्रोतबाटै मासिक ५० लाख भन्दा बढी कमाउँदै आएको भएपनि अहिले नाथम सरकारको खर्चमा चलिरहेको छ ।
व्यवस्थापनको असक्षमताले गर्दा नाथमको आम्दानीमा घट्न थालेको नाथमकै एक अधिकारीले बताए ।
त्यसोत, नाथमलाई थप गतिशील र शक्तिशाली बनाउने विषयमा समेत थापा असफल देखिएका छन् ।
नाथमको निर्माण गरि होटललाई दिएको भवनको भाडासमेत उठाउन सकेका छैनन् ।
पछिल्लो समय नाथम व्यवस्थापनसँग विद्यार्थी, शिक्षक र कर्मचारीहरु समेत असन्तुष्ट रहेका छन् ।
प्रतिकृया दिनुहोस्