मध्यपुरमा सिँह गर्जिए

मध्यपुरमा सिँह गर्जिए

 

भक्तपुर । मध्यपुर थिमी नगरपालिका नेपाली काँग्रेशले आयोजना गरेको न्हूँदया भिन्तुना ११४२, शुभ दिपावली २०७८ र छठ पर्वको अबसरमा शुभकामना आदान प्रदान एवं चियापानको कार्यक्रम गरियो ।
मध्यपुर नगरपालिका ५ को भुलाँखेलमा मध्यपुर काँग्रेशका नबनिर्वाचित नगर सभापति हरिदाश प्रजापतीको सभापतित्वमा संपन्न र वडा नं २ का निर्वाचित वडा अध्यक्ष एवं नगर कार्यसमितिका सचिब राम थापा मगरले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं नेपाल सकारका पूर्व प्रधानमन्त्री, कांग्रेशका केन्द्रिय सदस्य तथा निर्वाचित साँसद प्रकाशमान सिँहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नेता सिँहले आफु स्ववियु को निर्वाचनमा बिपक्षसंग भिड्ने देखि वाल पम्प्लेटिँग र वाल पोष्टरिँग समेत गरेर आएको कार्यकर्ता भएको बताउँदै संघर्षका पुराना दिनहरुको स्मरण गर्नुभयो ।
नेपाली काँग्रेश भित्र गत १३ ओं महाधिबेशनबाट पार्टी कब्जा गर्ने र आफ्ना नातेदार, आफ्ना भन्नेहरुलाई पुरस्कृत गर्ने काम भएर पार्टी पराजित भएको बिषयमा चर्चा गर्नुभयो ।
वर्तमान नेतृत्वले काँग्रेशलाई बिधि बिपरित र बेथितिमा चलाएको बताउँदै नेतृत्वले आलोचना गर्दा पार्टी नेतृत्व खुईल्याएको आरोप लाग्ने गरेकोमा उहाँले असन्तुष्टी ब्यक्त गर्नुभयो । चौधौं महाधिबेशनमा नेपाली काँग्रेशको सभापतिमा आफुउठने घोषणा गर्दै उहाँले ,आउने नेतृत्वले आर्थिक समृद्दिको कार्यक्रम ल्याउनु पर्ने बताउँदै नेपाली काँग्रेशको सभापति भएर आर्थिक रुपान्तरणमा देशलाई लग्ने समेत सिँहले उदघोष गर्नुभयो ।

कार्यक्रममा भक्तपुरकाँग्रेश सभापति दुर्लभ थापाले शुभकामना मन्तब्य राख्दै, आगामी निर्वाचनमा काँग्रेशसंग जोरी खोज्न आउनेहरुको दर्गति बनाउने प्रण गर्दै पार्टीको भक्तपुर जिल्ला अधिबेशनमा दुई चरणको निर्वाचन भई सकेकोले प्रदेश , क्षत्र र जिल्ला तहको निर्वाचन कार्य तालिका समेत प्रकासित भएकोले सौहाद्र बाताबरणमा निर्वाचन हुने जनाउँदै जिल्ला नेताहरुलाई त्यागको भावना सृजना गर्न समेत सुझाउनुभयो ।
साथै सबै मिलेर सहमतिको बाताबरण बनाएर आउँदो निर्वाचनमा मजबुत काँग्रेस बनाउन, उदाहरणीय कामको थालनी गर्न आग्रहगर्दै आबश्यक पर्दा आफु जुनसुकै त्याग गर्न समेत तयार भएको घोषणा दोहर्याउनुभयो ।
उक्त अबसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले पनि शुभकामना दिँदै् ु आगामी निर्वाचनमा भक्तपुरबाट सदाको लागि बिदा गर्ने ु प्रण गर्नुभयो । शुभकामना मन्तब्य दिँदै निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर र पूर्व सभापति महेश श्रेष्ठले पनि काँग्रेशलाई कम्जोर नआँक्न सुझाउनुभयो ।
शुभकामना दिँदै भक्तपुर काँग्रेशका प्रभावशाली नेता अष्ट कवेले पनि एकता र सहकार्यगरेर काँग्रेश सशक्त बनाउन आग्रह गर्नुभयो । पूर्व जन प्रतिनिधिहरु र सत्याग्रहका २०४२का आन्दोलनकारीहरुलाई सम्मान पत्र सहित प्रमुख अतिथि सिँहहले अभिनन्दन गरेको उक्त कार्यक्रमको स्वागत मन्तब्य नगर उपसभापतिz अनिल श्रेष्ठले गर्नुभएको थियो ।

लोकप्रिय